PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

सडकमा युवाको नमुना संसद, चुनावको लागि सरकारलाई एक रुपैयाँ दान

सडकमा युवाको नमुना संसद, चुनावको लागि सरकारलाई एक रुपैयाँ दान

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध नेपाली कांग्रेस निकट युवाले संसदको सडक अधिवेशन गरेका छन्।

नेपाली कांग्रेस सुचना, सञ्चार तथा प्रचार विभाग अन्तर्गतको नेपाली कांग्रेस युवा प्रचार नेटवर्कले संसदको सडक अधिवेशन आयोजना गरेको हो।

सो क्रममा युवाले ‘प्रतिगमनलाई भिक्षा’ भनी १ रुपैयाँ सरकारलाई दान गरेर समेत प्रदर्शन गरेका छन्। ‘सरकारले असंवैधानिक धरातलमा टेकेर चुनाव गराउन हुन्छ, तर जनताको प्रत्यक्ष स्वास्थ्यसँग जोडिएको कोरोना खोप किन्नमा नपरेको कुरालाई व्यंग्य गर्दै उनीहरुले एक-एक रुपैयाँ उठाएर सरकारलाई योगदान गरेका हुन्।



ट्रेन्डिङ पोस्ट

Ncell