PahiloPost

Jan 19, 2025 | ६ माघ २०८१

लोकतन्त्रमा चुनावबाट भाग्न मिल्दैन : राजेन्द्र महतो



रासस

लोकतन्त्रमा चुनावबाट भाग्न मिल्दैन : राजेन्द्र महतो
फाइल फोटो।

राजविराज : जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले लोकतन्त्रमा चुनावबाट भाग्न नमिल्ने बताएका छन्। सप्तरीको राजविराजमा आज प्रेस मञ्च र प्रेस नेपाल सप्तरीले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रतिनिधिसभा विघटनबारे सर्वोच्च अदालतले गर्ने फैसला आफूहरूलाई मान्य हुने बताउँदै निर्वाचनबाट भाग्न नचाहेको प्रस्ट पारे।

उनले वैकल्पिक शक्तिका रूपमा जनता समाजवादी पार्टीको उदय भएको भन्दै यही पार्टीले हिमाल, पहाड र मधेसको हित गर्ने कुरा आमजनताले अनुभूति गरिरहेकाले जनलहर बढेको दावी गरे। प्रतिनिधिसभा पुनर्स्थापना नै वर्तमान राजनीतिक समस्याको निकास रहेको बताउँदै अदालतबाट यो समस्याको निकास पाउने र संविधान एवं लोकतन्त्रको पक्षमा निर्णय आउनेमा आफूहरु आशावादी रहेको नेता महतोले विश्वास व्यक्त गरे।

अदालतको फैसला आफूहरुलाई मान्य हुने बताउँदै सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई विफल पार्ने प्रयास भइरहेकाले आफूहरुले त्यसका विरुद्ध आवाज उठाएको उनले बताए।

उनले भने, ‘लोकतन्त्रमा चुनावबाट भाग्न मिल्दैन तर चुनाव समस्याको समाधान होइन, देशमा फेरी अर्को सङ्कट निम्तिने खतरा निम्तिन सक्छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell