PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

जडीबुटीमा भारतीय नम्बर प्लेटको ग्यास बोक्ने बुलेट दुर्घटना, ट्याक्सीलाई समेत घिसार्‍यो

जडीबुटीमा भारतीय नम्बर प्लेटको ग्यास बोक्ने बुलेट दुर्घटना, ट्याक्सीलाई समेत घिसार्‍यो

रोजन श्रेष्ठ/पहिलोपोस्ट


भक्तपुर : जडीबुटी पुलमा एलपीजी ग्यास बोक्ने बुलेट दुर्घटना भएको छ। आज बिहान ५:३० बजे भारतीय नम्बर प्लेटको बुलेट दुर्घटनामा परेको हो। 
सूर्य ग्यास कम्पनीमा ग्यास अनलोड गरेर आएको बुलेट तीब्र गतिमा थियो। त्यसैका कारण नियन्त्रण हुन नसक्दा दुर्घटनामा परेको हो। एन एल ०१ एल २९७५ नम्बरको बुलेट दुर्घटनामा परेको हो।

दुर्घटनामा मानवीय क्षति भने भएको छैन। बुलेटले एउटा ट्याक्सीलाई समेत ठक्कर दिएको छ। बुटेमा ठोक्किएको ट्याक्सी केही समय घिसारिएको देखिन्छ।

 



ट्रेन्डिङ पोस्ट

Ncell