PahiloPost

Jun 30, 2024 | १७ असार २०८१

माधवनारायण मेला : व्रतालुले पीसीआर परीक्षण गराउनुपर्ने, कम भिड गर्न आग्रह



माधवनारायण मेला : व्रतालुले पीसीआर परीक्षण गराउनुपर्ने, कम भिड गर्न आग्रह

काठमाडौं : यो वर्ष माधवनारायण मेला माघ १५ गते देखि सुरु हुँदैछ। कोरोना संक्रमणका कारण यसवर्ष माधवनारायण स्वस्थानी व्रत बस्नेहरुको संख्या घटाइएको माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिले जनाएको छ

गत वर्षहरुमा सयभन्दा बढी महिला पुरुष शालिनदीम व्रत बस्ने गर्थे। तर यसपटक संक्रमणको जोखिमलाई मध्यनजर गर्दै व्रतालुको संख्या घटाइएको समितिका अध्यक्ष मिजेन्द्रकाजी श्रेष्ठले बताए।

पहिला व्रत बस्न स्वास्थानी सुरु हुनु एक दिन अघिसम्म नाम टिपाउँदा हुनेमा यसपटक पहिला नै नाम टिपाउनुपर्नेछ। माघ १० गते देखि १२ गते भित्र व्रत बस्नेहरुले नाप टिपाउनुपर्नेछ। धेरैमा ५० देखि ६० जना व्रतालुलाई यसपटक सहभागी गराउने तयारी रहेको छ। व्रत बस्नेहरुमा कुनै रोग भएमा यसपटक सहभागी गराइने छैन।  व्रत बस्न नाम लेखाउनेहरुले समितिले तोकेको स्थानमा पीसीआर परीक्षण गराउनुका साथै निमोनियाको परीक्षण समेत गराउनुपर्नेछ।  रिपोर्ट नेगेटिभ आएकाहरुलाई मात्रै व्रतमा सहभागी गराइनेछ।

श्रेष्ठले भने ' एकातिर परम्परा जोगाउनु छ भने अर्को तिर व्रतालुहरुको स्वास्थ्य सुरक्षामा समेत ध्यान दिनुछ। त्यसकारण हामीले यसपटक केही नयाँ नियमहरु बनाएका छौं। समितिले व्रतालुहरुको सुरक्षाका प्रशासनसँग सहयोग मागेको छ। साथै हामी स्वयमसेवकहरु समेत परिचालन गर्नेछौं।'

गत वर्षहरुमा व्रतालुहरु दिनभर बसेर घर जान पाउँथे। यसपटक भने समितिले शालिनदी परिरसमा नै छुट्टै घरमा व्रतालुहरुलाई राख्ने तयारी गरेको छ।

'१ महिनको लागि यो क्वारेन्टाइन जस्तो हो। पहिला उहाँहरु घर जानुहुन्थ्यो। यो पटक सुरक्षालाई ध्यानमा राख्दै हामीले उहाँहरुलाई घरमा नै राख्ने तयारी गरेका छौं' श्रेष्ठले भने।

उनले पहिला झै व्रतालुहरुको घरबाट परिवारका सदस्यहरु आएर सहयोग गर्ने गरेकोमा यसपटक भने परिवारका सदस्यहरुलाई नआउन आग्रह गरिएको बताए। समितिले नै व्रतालुको सुरक्षा र सहयोगमा ध्यान दिने भन्दै उनले आवश्यक परे परिवारका सदस्यलाई समितिले नै सम्पर्क गर्ने बताए।

मेलामा कति आउँला भक्तजन ?

स्वस्थानी व्रत चल्दा विष्णु भगवान माधव नारायणका रुपमा शालि नदीमा आएर व्रत बस्ने गरेको मान्यता छ। एक महिनासम्म चल्ने यो व्रतका बेला साँखुको शालिनदीमा पूजा गर्न पुग्नेहरुको घुइँचो लाग्छ। मेलामा सहभागी हुन लाखौं मानिस दैनिक साँखु पुग्ने गर्छन्। दिनकै करिब ५ लाख मानिस शालिनदि पुग्ने गरेको रेकर्ड छ। कोरोना संक्रमण अझै बांकी रहेको बेला मेला संचालन गर्ने वा नगर्ने भन्नेमा समेत धेरै चरणमा प्रशासणसँग छलफल भयो। समिति र स्‍थानीयले  स्वास्थ्य मापदण्ड पालना गर्दै माधवनारायण स्वस्थानी व्रत संचालन गर्नुपर्ने माग राखे। त्यसै अनुसार व्रतालुहरुको सुरक्षा र स्वास्थ्यबारेमा योजना बन्यो। तर मेलामा आउने भक्तजनहरुलाई भने रोक्ने सम्भावना देखिएन।

शंखरापुर नगरपालिकाका मेयर सुवर्ण श्रेष्ठ भन्छन्, 'मेला बन्द गर्ने भन्ने हुन्न। चल्दै आएको परम्परा निरन्तरता दिनुपर्छ। धार्मिक कार्यलाई कसरी व्यवस्थापन गर्ने भन्ने मुख्य कुरा हो। स्वास्थ्य मापदण्ड पालना गर्दै व्रतालुको सुरक्षा मा ध्यान दिने हो। तर भक्तजनको भिड भने हामीले रोक्न सक्दैनौं'

सम्बन्धित समाचार : 'सँक्व' अर्थात भोटमुनिको देश साँखु, शहरको साँध मानिने पाँच ढोकाको विशेषता यस्तो

सरकारले सबै मन्दिर र क्षेत्र खुल्ला गरिसकेको अवस्थामा माधवनारायण मेला स्थगित गर्ने कुरा सम्भव नभएको उनी बताउँछन्। तर कोरोना संक्रमणको जोखिम अझै रहेकोले भक्तजनहरुलाई आवश्यक परेमा मात्रै आउन आफूहरुले आग्रह गर्न सक्ने उनले बताए।

' हामी सकेसम्म व्यवस्थित बनाउने प्रयास गर्छौं। हामी केही मापदण्ड अवश्य बनाउँछौं। थौरै मानिस पुगेर सहयोग गरौं। मेलामा भिडभाड नगरौं। ' उनले आग्रह गर्दै भने।

यसपटक मेला अवधिमा मन्दिर क्षेत्र वरिपरि स्टल पसल राख्न नदिने तयारी समितिले गरेको छ। साथै पार्किङ र बस सेवालाई समेत व्यवस्थित बनाउने प्रयास गरिने मेयर श्रेष्ठले बताए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell