PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

काँग्रेसले अविश्वासको पक्षमा भोट हाल्ने काँग्रेेस नेता पौडेलको भनाइ, पार्टीमा दुई लाइन नभएको दावी



अनन्तराज न्यौपाने

काँग्रेसले अविश्वासको पक्षमा भोट हाल्ने काँग्रेेस नेता पौडेलको भनाइ, पार्टीमा दुई लाइन नभएको दावी
फाइल फोटो।

काठमाडौं : नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रदेश नम्बर १ मा पार्टीले अविश्वासको प्रस्तावको पक्षमा मत जाहेर गर्ने जनाएका छन्। आज विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै नेता पौडेलले भने, 'हामीले प्रतिपक्षीको धर्म निभाउने हो। त्यसैले हामीले प्रदेशमा अविश्वासको पक्षमा भोट हाल्छौं।'

नेता पौडेलले  पार्टी सभापति शेरबहादुर देउवा सत्तापक्षसँग नमिलेको दावी पनि गर्न भ्याए। 'सभापतिजी प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा हुनुहुन्छ,' नेता पौडेलले भने।

उनले पार्टीमा कुनै धार नभएको बताए। 'हाम्रो पार्टीमा अहिले दुई लाइन छैन,' नेता पौडेलले भने। 

नेपाली काँग्रेस अहिले दुईवटा दायित्वबाट गुज्रिरहेको नेता पौडेलको तर्क थियो। संविधान जोगाउने र पार्टीको विधान जोगाउने जिम्मेवारी काँग्रेससँग रहेकोले दोहोरो चिन्तामा रहेको सुनाए।

'हामी जनताको चुनावमा जाने हो। शेरबहादुरजी यसमा सहमत हुनुहुन्छ। हाम्रो महाधिवेशन भदौमा हुन्छ र हामी संविधान जोगाउन लाग्छौं,' पौडेलले भने।  

उनले प्रतिनिधिसभा जोगाउनु मुख्य दायित्व भएको बताए। 

'कति पटक चुनाव गर्ने? चुनाव गर्‍यो प्रधानमन्त्री र राष्ट्रपति आउँछन् अनि मिलेर प्रतिनिधिसभा फाल्दिन्छन्। त्यसकारण प्रतिनिधिसभा जोगाउनु मुख्य  दायित्व हो,' उनले भने।

उनले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापन गर्ने आशा व्यक्त गरे। 'न्यायाधीशहरुप्रति हाम्रो पूर्ण विश्वास छ,' उनले भने। यो संविधान सत्तरी वर्ष लगाएको ल्याएको जनाउँदै यसलाई जोगाउन लागिपरेका बताए। 

'यो राजनीतिक निर्णय हो यसलाई लागू गर भनेर केपी ‌ओलीले सर्वोच्च अदालतलाई आदेश दिनु भएको छ,' नेता पौडेलले भने, 'यस्तो भन्नु लोकतन्त्रविरोधी आचरण हो।'

संविधान बहिस्कार गर्ने होइन संविधानमा टेकेर चुनाव गर्नुपर्ने उनको भनाइ थियो। 'कसैले पनि यसमा दायाँ बायाँ गर्न मिल्दैन,' उनले भने।
नेता पौडेलले अनर्थ हुन थाल्यो भने एक दुई लाखमात्र होइन काठमाडौंमा लाखौं लाख मानिस उत्रिन्छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell