PahiloPost

Apr 23, 2026 | १० बैशाख २०८३

हलमाभन्दा युट्युबमा नेपाली चलचित्रको क्रेजः ‘छ माया छपक्कै’ युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा



पहिलोपोस्ट

हलमाभन्दा युट्युबमा नेपाली चलचित्रको क्रेजः ‘छ माया छपक्कै’ युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा

काठमाडौः  पछिल्लो समय युट्युब मार्फत रिलिज भएका नेपाली चलचित्रहरुले दर्शकको साथ पाउन थालेका छन्। साउथ चलचित्र मात्र युट्युबको ट्रेन्डिङ्मा आइरहेको समयमा नेपाली चलचित्रले पनि ट्रेन्डिङको नम्बर कब्जा गर्न थालेका हुन्।

गत बुधवार युट्युबमा रिलिज भएको फिल्म ‘छ माया छपक्कै’ ट्रेन्डिङ नम्बर १ मा पर्न सफल भएको छ। फिल्मको डिजिटल अधिकार लिएको आमा अग्निकुमारी मिडियाले यो चलचित्रलाई आफ्नो च्यानलमा रिलिज थियो।

उक्त फिल्म २०७६ सालको दसैँमा रिलिज भएको थियो। फिल्मको पाइरेसी भएपछि यसलाई हतारमा युट्युबमा रिलिज गरिएको हो। युट्युबमा रिलिज भएको तीन दिनमा फिल्म ट्रेनिङको शीर्ष स्थानमा आएको हो।

आमा अग्निकुमारी मिडियामार्फत सार्वजनिक फिल्मले शनिवार दिउँसोसम्म १७ लाख १२ हजार बढिले पटक हेरिसकेका छ।

राजनीतिक विषयवस्तुमाथि बनेको फिल्मले ४० हजार लाइक र २५ सय डिसलाइक पाएको छ। साथै फिल्मले सकारात्मक प्रतिक्रिया समेत पाइरहेको छ।

गतबर्षको सर्वाधिक ग्रस कमाई गर्न सफल यो चलचित्रलाई रोहित अधिकारीले निर्माण गरेका हुन्। दीपेन्द्र लामा यस चलचित्रका निर्देशक हुन्। चलचित्रमा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, केकी अधिकारी,सुपुष्पा भट्ट लगायतका कलाकारको अभिनय छ।

 

 

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell