PahiloPost

Jul 27, 2026 | ११ साउन २०८३

लमहीको अजम्मरी सामुदायिक बनमा मृतावस्थामा भेटियो चितुवा



रासस

लमहीको अजम्मरी सामुदायिक बनमा मृतावस्थामा भेटियो चितुवा
फाइल फोटो।

तुलसीपुर : दाङको लमहीस्थित अजम्मरी सामुदायिक बनमा मृतावस्थामा चितुवा फेला परेको छ। चितुवा केही दिनअघि नै मरेको हुनसक्ने डिभिजन बन कार्यालय देउखुरीका सहायक बन अधिकृत पुरण चौधरीले आज जानकारी दिए।

उनका अनुसार दाउरा लिन गएका स्थानीयवासीले देखेपछि बन कार्यालयलाई खबर गरेका थिए। चितुवाको घाँटीमा पासो लागेकोजस्तो निशान फेला परेको छ। जनावर मार्न थापिएको पासोमा चितुवा परेको हुनसक्ने जनाइएको छ। चितुवालाई परीक्षण गरी व्यवस्थापन गरिने उनले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell