PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

मधेसमा शितलहर बढेपछि समर्पण सेवा संस्थाले वृद्धवृद्धालाई बाड्यो कम्बल



पहिलोपोस्ट

मधेसमा शितलहर बढेपछि समर्पण सेवा संस्थाले वृद्धवृद्धालाई बाड्यो कम्बल

वीरगंज : समर्पण सेवा संस्था वीरगंजले सुखवाप्रसौनी गाउँपालिकाका विपन्न वृद्धवृद्धाहरुलाई न्यानो कम्बल वितरण गरेको छ। स्वास्थ्य चौकी महुवन परिसरमा आज बिहान सखुवाप्रसौनी गाउँपालिकाका करिब सय जना दलित विपन्न वृद्धवृद्धाहरुलाई कम्बल वितरण गरिएको हो।

जेष्ठ नागरिक संघ पर्साका अध्यक्ष तथा प्रतीक दैनिकका प्रधान सम्पादक जगदीश शर्माको सक्रियतामा उक्त कम्बल बाडिएको हो। जिल्ला प्रशासन कार्यालय पर्साको विपद् व्यवस्थापान समितिले टेण्डरबाट जेष्ठ नागरिकहरुलाई कम्बल, हाइनेक र टोपी बाड्न ढिलाई गरेपछि समर्पण संस्थाको सहयोगमा कम्बल बाडिएको हो।

सुखवाप्रसौनी गाउँपालिकाका अन्तर्गतको लखनपुर, बलुवा, एकडार्वा र महुवन गाउँका अति विपन्न गरिब दलित समुदायका डोम, चमार, दुसाद र मुस्लिम परिवारलाई कम्बल बाँडिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell