PahiloPost

Apr 23, 2026 | १० बैशाख २०८३

ठोरी बजार क्षेत्रमा प्रशासनको अनुगमन, चार पसल परे कारबाहीमा



पहिलोपोस्ट

ठोरी बजार क्षेत्रमा प्रशासनको अनुगमन, चार पसल परे कारबाहीमा

वीरगंज : वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले ठोरीका विभिन्न पसलहरुमा अनुगमन गरेको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साका निमित्त कार्यालय प्रमुख जितबहादुर भण्डारीको नेतृत्वमा गएको टोलीले ठोरी गाउँपालिका वडा नम्बर ५ सुवर्णपुरको एमबिएस फर्निचर पसललाई ५ हजार रुपैयाँ, सुवर्णपुरमै रहेको रोहित किराना पसललाई १० हजार, ठोरी १ रोजिनगरमा रहेको रुदम एटुजेड पसललाई ५ हजार र ठोरी २ मा रहेको रुपाखेती कलेक्सनलाई ५ हजार रुपैयाँ जरिबाना गरिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साका निमित्त कार्यालय प्रमुख जित बहादुर भण्डारीले जानकारी दिए।

अनुगमनका क्रममा बिक्रेताहरुले न्यूनतम मापदण्ड समेत पूरा नगरेको पाइएकाले जरिबाना गरिएको पनि भण्डारीले बताए। खरिद बिल नराख्नेलाई ५ हजारदेखि ५० हजारसम्म, मुल्य सूची नराख्नेलाई ५ हजारदेखि १ लाखसम्म जरिबाना गर्न सकिने उपभोक्ता संरक्षण ऐन २०७५ ले व्यवस्था गरेको र गाउँमा साना बजार भएकाले उपभोक्ताहरु नठगिउन् भन्ने उदेश्यले शुरुको अवस्थामा न्युनतम जरीबाना मात्र गरिएको पनि भण्डारीले बताए। अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय पर्साका प्रतिनिधि शिवशंकर साह, ईलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक अशोक साहको प्रहरी टोली पनि सहभागी रहेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell