PahiloPost

Apr 23, 2026 | १० बैशाख २०८३

ट्राफिक जनचेतनाको लागि वीरगंजदेखि पोखरीयासम्म साइकल र्‍याली



पहिलोपोस्ट

ट्राफिक जनचेतनाको लागि वीरगंजदेखि पोखरीयासम्म साइकल र्‍याली

वीरगंज : जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको आयोजनामा वीरगंजदेखि पोखरीया  सम्म १४ किलोमिटर साइकल र्‍याली तथा ट्राफिक सचेतना सामग्री हस्तनान्तरण कार्यक्रम सम्पन्न भएको छ। वीरगंजको घण्टाघरबाट बिहान ८ बजेदेखि शुरु भएको र्‍याली पोखरीया पुगेर कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा २० जना साइकलिस्टहरुको सहभागिता थियो। समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत हेलमेट लगाउँ ज्यान जोगाऔं, साइकल चलाउ वातावरण बचाऔं भन्ने नाराका साथ आयोजना गरिएको कार्यक्रममा साइक्लिङ क्लब अफ वीरगंज, रोटरी क्लब अफ वीरगंज र पहल संस्था वीरगंजको सहयोग रहेको थियो।

कार्यक्रमा ट्राफिक जनचेतना बढाउन स्टिकर, होर्डिङ बोर्ड, लगायत सामाग्री पनि जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक सुमन कार्कीलाई हस्तनान्तरण गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell