PahiloPost

May 16, 2026 | २ जेठ २०८३

प्रचण्ड-नेपालले प्रधानमन्त्रीलाई काम गर्न नदिएर पार्टीलाई अहिलेको अवस्थामा पुर्‍याए : प्रभु साह



पहिलोपोस्ट

प्रचण्ड-नेपालले प्रधानमन्त्रीलाई काम गर्न नदिएर पार्टीलाई अहिलेको अवस्थामा पुर्‍याए : प्रभु साह
फाइल फोटो।

वीरगंज : शहरी विकासमन्त्री प्रभु साहले प्रचण्ड-माधव नेपालले देशलाई संकटतर्फ डोर्‍याएको बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओली समूहको नेकपा क्षेत्र नम्बर १ द्वारा सदरमुकाम गौरमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हन्।

उनले नेकपाका केही नेताहरुले पार्टीभित्र आफ्नो फाइदा मात्र खोज्दा नेकपाको एकता भंग भएको चर्चा गर्दै भने, ‘केही नेताहरु कार्यकर्तासँग मतलब राख्दैनन्, शहीद परिवारसँग मतलब राख्दैनन्, उनीहरुलाई पद र पैसा मात्र चाहिन्छ।’

प्रचण्ड-नेपाल समुहले प्रधानमन्त्री ओलीलाई काम गर्न नदिएर पार्टीलाई अहिलेको अवस्थामा पुर्‍याएकोले नयाँ जनादेशको लागि सरकारले चुनावको विकल्प रोजेको उनले बताए। उनले नेकपाले विकास र स्थिरता खोजेकोमा केही नेताहरुले विध्वंश र अस्थिरता मच्चाएको पनि आरोप लगाए। नेकपाका अन्तरघातीहरुलाई तह लगाउँदै निर्वाचनमा नेकपाका सच्चा नेताहरुलाई पहिचान गरी मत हाल्न पनि कार्याकर्ताहरुसँग उनले अपिल गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell