PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

रियल मड्रिडको सानदार जितमा बेन्जेमाको दुई गोल



पहिलोपोस्ट

रियल मड्रिडको सानदार जितमा बेन्जेमाको दुई गोल

स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा रियल मड्रिडले अलाभेसमाथि सानदार जित निकालेको छ। मेन्डिजोरोजा स्टेडियममा भएको खेलमा मड्रिडले घरेलु टोलीमाथि ४-१ गोलअन्तरले जित निकालेको हो।

खेलको १५ औं मिनेटमै टोनी क्रुसको पासमा कासेमिरोले गोल गर्दै मड्रिडलाई अग्रता दिलाएका थिए। क्रुसकै पासमा ४१ औं मिनेटमा करिम बेन्जेमाले अर्को गोल थपे। त्यस्तै पहिलो हाफको अतिरिक्त समयमा इडेन हजार्डले गोल गर्दा पहिलो हाफमै मड्रिड तीन गोलले अघि रह्यो।

दोस्रो हाफमा घरेलु टोलीका जोसेलुले सान्त्वना गोल फर्काए। उनले खेलको ५९ औं मिनेटमा गोल गरेका थिए। त्यस्तै खेलको ७० औं मिनेटमा लुका मोड्रिचको पासमा बेन्जेमाले नै अर्को गोल थप्दा मड्रिडले ४-१ को सानदार जित निकाल्यो।

जितसँगै मड्रिड अंकतालिकाको दोस्रो स्थानमा यथावत छ। मड्रिडले १९ खेलबाट ४० अंक जोडेको छ भने शीर्षस्थानमा रहेको एट्लेटिकोले १७ खेलबाट ४४ अंक जोडेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell