PahiloPost

Aug 17, 2026 | १ भदौ २०८३

गुन्डागर्दी गर्ने पाँच जना समातिए



पहिलोपोस्ट

गुन्डागर्दी गर्ने पाँच जना समातिए

काठमाडौः प्रहरीले गुन्डागर्दी गरेको अभियोगमा पाँच जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले शनिवार उनीहरूलाई विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरूमा धादिङ कोरडारा घर भएका २० वर्षीय सन्तोष लामा, मकवानपुर हेटौँडा उपमहानगरपालिका बस्ने २५ वर्षीय विनय वाइबा, २७ वर्षीय आशिष लामा, १८ वर्षीय राज कार्की र २८ वर्षीय सागर लामा रहेका छन्।

उनीहरूले शनिवार हेटौँडा उपमहानगरपालिका १० राममन्दीर  नजिकै मोटर ग्यारेजमा काम गर्ने २४ वर्षीय पुरुषोत्तम चौधरी र २७ वर्षीय मुनामदन चौधरीलाई धम्की दिएर कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी इन्द्रबहादुर रानाले जानकारी दिए।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell