PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

स्पष्टिकरणको ओलीले दिएनन् जवाफ, प्रचण्ड नेपाल समूहले पार्टीबाट हटाउँदै



प्रकाश भण्डारी

स्पष्टिकरणको ओलीले दिएनन् जवाफ, प्रचण्ड नेपाल समूहले पार्टीबाट हटाउँदै

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालले प्रधानमन्त्री केपी ओलीलाई सोधेको स्पष्टिकरणको जवाफ दिन प्रधानमन्त्री ओलीले इन्कार गरेका छन्।

उनले अस्वीकार गरेसँगै प्रचण्ड नेपाल समूहले उनमाथि कारवाहीको तयारी गरेको छ। आज बस्ने स्थायी कमिटी बैठकमा ओलीलाई पार्टीबाट हटाउनेबारे निर्णय हुने स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले जानकारी दिए। 'उनलाई कारवाहीबारे पनि आजको बैठकमा निर्णय होला,' उनले भने।

माघ ५ मा ओलीलाई स्पष्टिकरण सोधिएको पत्र बालुवाटारलाई जिम्मा लगाएर प्रचण्ड नेपाल समूहका नेता बाहिरिएका थिए। ओलीको सचिवालयले भने स्पष्टिकरणको औचित्य नभएको बताएको थियो।

ओलीलाई हप्तादिनको म्याद दिएर स्पष्टिकरण सोधिएको भए पनि हालसम्म जवाफ नआएको नेता पाण्डेको भनाई छ। 'उहाँले के जवाफ दिनुहुन्थ्यो र? अहिलेसम्म दिनुभएको छैन्,' उनले भने।

आइतवारको स्थायी कमिटी बैठकले नयाँ आन्दोलनका कार्यक्रमबारे पनि निर्णय गर्नेछ। माघ ९ मा काठमाडौंमा बृहत प्रदर्शन गरेको उक्त समूहले अबको रणनीति बनाउन स्थायी कमिटी बैठक बोलाएको हो।

ओलीले पुस ५ मा संसद विघटन गरेपछि प्रचण्ड-नेपालले लगातार आन्दोलनका कार्यक्रम अघि बढाएका छन्। विघटन सम्बन्धि मुद्दा अदालतमा विचाराधीन भए पनि अदालतलाई आफ्नो पक्षमा ठूलो जनमत रहेको सन्देश  दुवै पक्षका नेताबीच होडबाजी जारी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell