PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

सुदूरपश्चिम प्रदेशलाई प्रदेश २ को १ सय ९६ रनको लक्ष्य, हरिशंकर साहको अर्धशतक



पहिलोपोस्ट

सुदूरपश्चिम प्रदेशलाई प्रदेश २ को १ सय ९६ रनको लक्ष्य, हरिशंकर साहको अर्धशतक
तस्बिर क्यान

काठमाडौं: प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट अन्तर्गत आज कीर्तिपुरमा जारी खेलमा प्रदेश २ ले सुदूरपश्चिम प्रदेशलाई रनको १९६ रनको लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको प्रदेश २ ले ४२ ओभर सकिँदा सबै विकेट गुमाएर १९५ रन बनाएको हो।

प्रदेश २ का लागि हरिशंकर साहले अर्धशतकीय पारी खेल्दै सर्वाधिक ६० रन जोडे। त्यस्तै विवेक यादवले ४१ रन जोड्दा मेहबुब आलमले २३ र राहुल प्रताप सिंहले १२ रन जोडे।

बलिङतर्फ सुदूरपश्चिमका शेर मल्ल र नरेन्द्र साउदले समान ३/३ विकेट लिँदा अरुण ऐरीले २ विकेट लिए। त्यस्तै हेमन्त धामी र भोजराज भट्ले समान १/१ विकेट लिए।

सुदूरपश्चिम केही बेरमा जवाफी ब्याटिङमा उत्रँदै छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell