PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

आदिल र इशानको अर्धशतकमा वाग्मतीले लुम्बिनीलाई दियो २ सय २१ रनको लक्ष्य



पहिलोपोस्ट

आदिल र इशानको अर्धशतकमा वाग्मतीले लुम्बिनीलाई दियो २ सय २१ रनको लक्ष्य

काठमाडौं: प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट अन्तर्गत आज मुलपानीमा जारी खेलमा वाग्मतीले लुम्बिनीलाई रनको २२१ रनको लक्ष्य प्रस्तुत गरेको छ। मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा उत्रिएको वाग्मतीले निर्धारित ५० ‌ओभरमा ९ विकेट गुमाउँदै २२० रन जोडेको हो।

वाग्मतीका लागि आदिल खान र इशान पाण्डेले अर्धशतक बनाए। खानले ८७ बलमा ५५ रन बनाउँदा पाण्डेले ५३ बलमा ५१ रन जोडे।

त्यसबाहेक आकाश थापाले ३९ रन बनाउँदा पृथु बास्कोटाले २९ र कप्तान ज्ञानेन्द्र मल्लले २९ रन जोडे।

बलिङतर्फ लुम्बिनीका दीपेन्द्र रावतले सर्वाधिक ३ विकेट लिँदा कृष्ण कार्की र सन्दीप सुनारले समान २/२ विकेट लिए। त्यस्तै विक्रम भुषाल र अनिल खरेलले १/१ विकेट लिए।

लुम्बिनी केहीबेरमा जवाफी ब्याटिङमा उत्रँदै छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell