PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

प्रधानमन्त्रीले अदालतको अपहेलना हुनेगरी बोलेको बताउँदा प्रधान न्यायाधीश राणा : बाहिरको कुरा छोड्नुस्, विषयमा छिर्नुस्



कमलराज भट्ट

प्रधानमन्त्रीले अदालतको अपहेलना हुनेगरी बोलेको बताउँदा प्रधान न्यायाधीश राणा : बाहिरको कुरा छोड्नुस्, विषयमा छिर्नुस्

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतको अपहेलना हुनेगरी बोलेको भन्दै कुरा उठाएपछि प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर राणा उनीसँग झोक्किएका छन्।

'प्रधानमन्त्रीले बाहिर जथाभावी बोलेर अदालतको अपमान गरेका छन्,' त्रिपाठीले सुरुमै कुरा उठाए। संवैधानिक इजलाशमा उपस्थित भएका वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई नाम नलिइकन प्रधानमन्त्री ओलीले 'तमासा देखाउन गएका बाजे' भनेका थिए। प्रधानमन्त्रीले बहसमा सहभागी वरिष्ठ वकिलहरुलाई दुर्मुखा भन्दै आलोचना गरेका थिए।

त्यही विषयलाई अधिवक्ता त्रिपाठीले उठाएका थिए। 

'तपाईँ विषयमा प्रवेश गर्नुस्,' प्रधान न्यायाधीश राणाले भने। उनले बजारको हल्ला सुन्ने होइन भन्दै त्रिपाठीले उठाएको विषयलाई इग्नोर गरे। 
'बाहिरको कुरा छोड्नुस्। वर्तमान प्रमको कुरा छन्, पूर्व प्रमका कुरा छन्। छोड्नुस्,' झोक्किँदै प्रधान न्यायाधीश राणाले विषयवस्तुमा प्रवेश गर्न भने।

प्रतिनिधिसभा विघटनविरुद्ध परेको मुद्दाको आज संवैधानिक इजलाशमा सुनुवाई जारी छ। त्रिपाठीले बहसका लागि एक घन्टाको समय लिएका छन्। सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध दर्जन बढी निवेदन परेको छ। तीमध्ये ५ वटा निवेदनमाथिको बहस सकिएको छ।

आजै पूर्व महान्यायाधीवक्ता रमण श्रेष्ठले सरकारले प्रतिनिधिसभा विघटनको जानकारी राजपत्रमा प्रकाशित ढिलोगरी गरेको भन्दै ध्यानाकर्षण गराएका थिए। उनलाई प्रधान न्यायाधीशले बिचमा निवेदनहरु पर्ने भन्दै बोल्न रोक लगाएका थिए।

आजै राजपत्र प्रकाशन भएको समयलाई लिएर सर्वोच्च अदालतमा पुरक निवेदन परेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell