PahiloPost

Jun 15, 2026 | १ असार २०८३

साथीको ११ वर्षीया छोरीलाई करणी गर्ने युवक समातिए



पहिलोपोस्ट

साथीको ११ वर्षीया छोरीलाई करणी गर्ने युवक समातिए

काठमाडौं : ११ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले भारत बिहारको पश्चिमी चम्पारण जिल्ला थाना चनपटिया ग्राम पंचायत टिकुलीया वडा नम्बर १३ बस्ने ३४ वर्षीय नेहाल मियाँलाई नियन्त्रणमा लिएको हो। माघ ९ गते मियाँले वीरगंज महानगरपालिका वडा नम्बर १ मा डेरा गरी बस्दै आएका आफ्नै साथीकी ११ वर्षीय छोरीलाई जबर्जस्ती गरेको प्रहरीले जानकारी दिएको छ।

कोठा खोज्दै साथीकोमा पुगेका मियाँले राति सुतेको समयमा जबर्जस्ती गरेका थिए। बालिका कराएपछि उनी फरार भएका थिए। शनिवार बिहान प्रहरीले फरार मियाँलाई नियन्त्रणमा लिएको हो। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकरी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell