PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

किताब जात्राको चौथो संस्करण : बेस्ट सेलर अवार्ड र 'प्रेम साहित्य सम्मान' गरिँदै



पहिलोपोस्ट

किताब जात्राको चौथो संस्करण : बेस्ट सेलर अवार्ड र 'प्रेम साहित्य सम्मान' गरिँदै

काठमाडौं : किताब यात्रा फाउन्डेसनको आयोजनामा किताब जात्राको चौथो संस्करण हुने भएको छ। किताब यात्रा मार्फत वर्षभर सर्वाधिक बिक्री भएको पुस्तकलाई 'किताब जात्रा बेस्ट सेलर अवार्ड' समेत दिइने भएको छ।

साथै कार्यक्रममा नेपाली वाङ्मयमा योगदान पुर्‍याउने एक जना व्यक्तिलाई 'प्रेम साहित्य सम्मान' पनि प्रदान गरिने भएको छ। सर्लाही जिल्लाका शिक्षासेवी प्रेमप्रसाद अधिकारीको स्मृतिमा स्थापना गरिएको हो यो सम्मान। सम्मान स्वरूप ५५ हजार ५ सय ५५ रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ।

बैंकर अनिल केशरी शाहले देश विकासका लागि स्वस्थ युवा आवश्यक भएको र शारीरिक सँगै मानसिक रुपमा स्वस्थ पुस्ता निर्माणका लागि पुस्तक आवश्यक भएको बताए। 'किताब जात्रा २०७७' को घोषणा कार्यक्रममा उनले कोभिड-१९ का कारण नेपालका धार्मिक एंव पठन सांस्कृतिसँग जोडिएका जात्राहरू प्रभावित नभएकोमा खुशी व्यक्त गरे। उनी प्रमुख कार्यकारी अधिकृत रहेको नबिल बैंकले कार्यक्रमलाई प्रायोजन गर्दैछ।

'धार्मिक जात्राले इतिहास देखाउँछ तर पठनसँग जोडिएको जात्रामार्फत भविष्य हेरिन्छ। त्यसका लागि किताब जात्राको योगदान रहन्छ,' शाहले भने,'त्यो योगदानमा हाम्रो पनि भूमिका रहोस् भन्ने हेतुले सहकार्य गरेका हौं।'

पठन संस्कृति विकासका लागि यो अभियान सुरु गरेको जात्रा निर्देशक ऋषिराम अधिकारीले बताए। 'किताब शब्दलाई अध्ययनको बिम्ब र जात्रालाई संस्कृतिको बिम्बका रुपमा प्रस्तुत गरेका छौँ। यी दुवै विषयलाई सोखमा सीमित राख्न सकिँदैन। यी दुवैलाई अनिवार्य साँस्कृतिक कर्मका रुपमा स्थापित गर्नु हाम्रो प्रमुख उद्देश्य हो।'

कार्यक्रममा भाषा, साहित्य, सिनेमा, समाज, उद्यम, व्यक्तित्व लगायत विषयमा छलफल हुनेछन्। त्यस्तै अन्य साहित्यिक एंव काव्यिक प्रस्तुतिहरू पनि रहनेछ। किताब जात्रालाई विमर्शहरूको कुम्भ मेला बनाउने उनीहरुको तयारी छ।

आयोजकले कोभिड-१९ बीच भर्चुअल फेस्टिभल समेत आयोजना गरेको थियो। यसपटक भने महामारीको जोखिमबाट बच्न र देश विदेशका पाठक एंव दर्शकसँग जोडिन टिभीमार्फत् प्रत्यक्ष प्रसारण हुन लागेको हो। एपी वानबाट यसको प्रसारण हुनेछ। साथै, यस वर्ष किताब बिक्री समेत अनलाइन प्ल्याटफर्म मार्फत् हुँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell