PahiloPost

Apr 23, 2026 | १० बैशाख २०८३

फिल्म ‘सत्यम्’मार्फत ठूलो पर्दामा ‘कम ब्याक’ गर्दै राजेश हमाल, शुटिङ चैतदेखि



पहिलोपोस्ट

फिल्म ‘सत्यम्’मार्फत ठूलो पर्दामा ‘कम ब्याक’ गर्दै राजेश हमाल, शुटिङ चैतदेखि

फिल्म ‘सत्यम्-राइजिङ अफ द हिरोज’को थिमेटिक स्केच पोस्टर सार्वजनिक गरिएको छ। पोस्टरमा राजेश हमाललाई ‘महानायक’ लेख्दै उनको स्केच फोटो समावेश गरिएको छ। फिल्ममा उनी मुख्य भूमिकामा देखिनेछन्।

अभिनेता राजेश हमालले फिल्म ‘शकुन्तला’ पछि कुनै फिल्म खेलेका थिएनन्। ‘शकुन्तला’मा महिला बनेर अभिनय गर्दा फिल्म प्रदर्शनअघि उनले निर्वाह गर्ने भूमिकाको चर्चा भएको थियो। तर, प्रदर्शनपछि हमालले आफ्नो पुरानो क्रेज पर्काउन सकेनन्।

पछिल्लो समय म्युजिक भिडियोमा व्यस्त देखिएका उनी अब चलचित्र ‘सत्यम’ मार्फत् ठूलो पर्दामा कम ब्याक गर्ने तयारीमा छन्। तर, यो फिल्ममा उनको कस्तो भुमिका छ भन्ने कुरा भने खुलाइएको छैन।

‘सत्यम्’मा अभिनेता अनुप विक्रम शाही पनि फाइनल भइसकेका छन्। उनी खलनायकको रुपमा देखिनेछन्।

फिल्मको शुटिङ भने चैतदेखि हुने फिल्मका निर्माता एवं लेखक रेशम सापकोटाले बताए। भने, ‘अहिले अन्य कलाकारहरु छनोट हुने काम भइरहेको छ। शुटिङको मुख्य स्पट पोखरा रहनेछ।’

फिल्म सामाजिक विषयवस्तुमा केन्द्रित रहेको बताउँदै उनले मायाप्रेम र कमेडी पनि समावेश भएको बताए।

‘सत्यम्’ फिल्मलाई शंकर कार्कीले निर्देशन गर्न लागेका हुन् भने निर्माता र लेखक भने रेशम सापकोटा हुन्।

चलचित्रमा विदुर पाण्डेको छायांकन, प्रडक्शन हेड दिनेश प्रकाश महरा, प्रडक्शन म्यानेजर प्रकाश हमाल, एसोसिएट निर्देशक सुवास सुवेदी, सह-निर्देशकहरुमा रामकुमार श्रेष्ठ र शान्ति तामाङ रहनेछन्।

चलचित्रमा कुटुम्ब ब्याण्ड, योगेश काजी र गणेश पौडेलको संगीत रहनेछ। चलचित्रमा अष्ट महर्जनको एक्सन रहनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell