PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

धनगढीमा माघ १७ गते प्रचण्ड-नेपाल समूहले वृहत् शक्ति प्रदर्शन गर्दै, दुई अध्यक्षले सम्बोधन गर्ने



एम बम

धनगढीमा माघ १७ गते प्रचण्ड-नेपाल समूहले वृहत् शक्ति प्रदर्शन गर्दै, दुई अध्यक्षले सम्बोधन गर्ने

कैलाली : कैलालीको धनगढीमा माघ १७ गते नेकपाको प्रचण्ड-माधव नेपाल समूहले वृहत् शक्ति प्रदर्शन गर्ने भएको छ। सो समूहको शनिवार धनगढीमा सम्पन्न भएको प्रदेश कमिटीको बैठकबाट उक्त निर्णय गरिएको आइतवार पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ।

धनगढीमा आयोजित पत्रकार सम्मेलनमा नेता डा भीम रावलले प्रदेश कमिटीको आयोजनामा प्रदेशस्तरीय बृहत् विरोध प्रदर्शन र जनसभा गरिने जानकारी दिए।

‘व्यापक जनसहभागितासहित हामीले केपी ओलीको असंवैधानिक कदमविरुद्ध बृहत् प्रदर्शन गर्ने निर्णय गरेका छौँ’, उनले भने, ‘जनसभालाई केन्द्रीय कमिटीका दुई अध्यक्षले सम्बोधन गर्ने तय भइसकेको छ। उहाँहरूलगायत अरू को-कोले सम्बोधन गर्ने भन्ने विषयमा हामीले तयारी गरिरहेका छौँ।’

पत्रकार सम्मेलनमा उनले प्रधानमन्त्री ओलीले नेतृत्व गरिरहेको सरकारलाई अदालत तथा निर्वाचन आयोगमा कीर्ते काम गरिरहेको प्रमाणहरू बाहिर आएकाले केपी सरकार नभएर किर्ते सरकार भएको आरोप लगाए।

उनले शनिवारको बैठकबाट आन्दोलन र सङ्गठन विस्तारलाई थप सुदृढ पार्ने निर्णय भएको बताए।

‘जिल्ला स्तरमा समेत आन्दोलन र खबरदारीका लागि एक जुट भएर लाग्ने निर्णय भएको छ,’ उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell