PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

प्रदेश २ माथि सुदूरपश्चिम प्रदेशको जित



पहिलोपोस्ट

प्रदेश २ माथि सुदूरपश्चिम प्रदेशको जित

काठमाडौं: प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट अन्तर्गत आज कीर्तिपुरमा सम्पन्न खेलमा सुदूरपश्चिम प्रदेशले प्रदेश २ माथि जित निकालेको छ। टीयू क्रिकेट मैदानमा सम्पन्न खेलमा सुदूरपश्चिमले ३ विकेटको जित निकालेको हो।

कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको प्रदेश २ ले १९६ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफी ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले ३३ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पुरा गर्‍यो।

सुरुवाती ब्याटिङ गरेको प्रदेश २ का लागि हरिशंकर साहले अर्धशतकीय पारी खेल्दै सर्वाधिक ६० रन जोडेका थिए। त्यस्तै विवेक यादवले ४१ रन जोड्दा मेहबुब आलमले २३ र राहुल प्रताप सिंहले १२ रन जोडे।

बलिङतर्फ सुदूरपश्चिमका शेर मल्ल र नरेन्द्र साउदले समान ३/३ विकेट लिँदा अरुण ऐरीले २ विकेट लिए। त्यस्तै हेमन्त धामी र भोजराज भट्ले समान १/१ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको सुदूरपश्चिमका लागि सञ्जु दमाइले सर्वाधिक ५७ रन बनाए। त्यस्तै खड्क बोहोराले ४३ रन बनाउँदा गजेन्द्र बोहोराले ३९ रन बनाए।

जितका बावजुत सेमिफाइनलको होडबाट बाहिरी सकेको सुदूरपश्चिमका लागि यो सान्त्वना जितमात्र हुनेछ। सुदूरपश्चिमले ४ खेलमा १ खेल जितेर समूह बीको चौथो स्थानमा छ भने तीन खेल खेलेर सबै खेलमा पराजय ब्यहोरेको प्रदेश २ तालिकाको पुछारमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell