PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

क्यामरुनी खेलाडी भित्र्याएको वालिङमाथि आर्मीको जित, विमलाको ह्याट्रिक



पहिलोपोस्ट

क्यामरुनी खेलाडी भित्र्याएको वालिङमाथि आर्मीको जित, विमलाको ह्याट्रिक
तस्बिरहरु एन्फा

काठमाडौं: महिला लिग अन्तर्गत आज सम्पन्न पहिलो खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले वालिङ नगरपालिकामाथि फराकिलो जित निकालेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा आर्मीले वालिङमाथि ७-० गोलअन्तरले जित निकालेको थियो।

आर्मीको जितमा विमल चौधरीले ह्याट्रिक पुरा गरिन्। चौधरीकै गोलमा आर्मीले खेलको १५ औं मिनेटमा अग्रता लिएको थियो। त्यस्तै २८ औं मिनेटमा दीपा राईले आर्मीको अग्रता दोब्बर पारिन्। त्यस्तै शर्मिला थापाले खेलको ४४ औं मिनेटमा गोल गर्दा पहिलो हाफमा आर्मी तीन गोलले अघि रह्यो।

दोस्रो हाफमा पनि चौधरीले नै गोल थपिन्। ६६ औं मिनेटमा दोस्रो गोल गरेकी उनले ७५ औं मिनेटमा अर्को गोल गर्दै ह्याट्रिक पुरा गरिन्। त्यस्तै आर्मीका लागि वैकल्पिक खेलाडीका रुपमा आएकी हेमा चौधरीले ८९ मिनेटमा गोल गर्दा ९२ औं मिनेटमा भुजंगा राईले गोल गरिन्।

खेलबारे प्रतिकृया दिँदै आर्मीका प्रशिक्षक राजु तामाङले उद्घाटन खेलमा गोलरहित बराबरी खेलेपछि आफू गोल स्कोर गर्नेमा केन्द्रीत भएको बताए। उनले अब अर्को खेलमा अर्को विभागीय टोली एपीएफसँगको खेल उपाधि यात्राको लागि महत्वपूर्ण हुने बताए।

त्यस्तै वालिङ नगरपालिकाका प्रशिक्षक दीलिप थापाले मुख्य खेलाडीहरु घाइते हुनु र विदेशी खेलाडीहरुसँग सन्तुलन नमिल्नुलाई हारको कारण देखाए। वालिङ नगरपालिकाले प्रतियोगिताका लागि क्यामरुनबाट खेलाडीहरु भित्र्याएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell