PahiloPost

Apr 23, 2026 | १० बैशाख २०८३

जतिबेला कंगनासँग नयाँ डिजाइनको लुगा किन्न पैसा थिएन, ‘आफ्नो सुट आफैँ डिजाइन गरेँ’



पहिलोपोस्ट

जतिबेला कंगनासँग नयाँ डिजाइनको लुगा किन्न पैसा थिएन, ‘आफ्नो सुट आफैँ डिजाइन गरेँ’

कंगना रनावतलाई करियरमा जब पहिलो नेशनल अवार्ड मिलेको थियो, तब उनीसँग समारोहमा लगाउनको लागि नयाँ डिजाइनको लुगा किन्ने पैसा थिएन। उनले ५६औँ नेशनल अवार्डमा पहिलो अवार्ड पाएकी थिइन्। उनले सोसल मिडियाको फयानपेजमा लेखिएको पोस्ट रिपोस्ट गर्दैँ उक्त कुरा खुलाएकी हुन्।

कंगनाले लेखेकी छिन्, ‘पहिलो अवार्ड। जसमा मेरो विशेष याद जोडिएको छ। यो सम्मान पाउने युवा अभिनेत्रीमा म एक थिएँ। महिला केन्द्रित फिल्मको लागि महिला रास्ट्रपतिको हातबाट अवार्ड लिएकी थिए। नयाँ डिजाइनको लुगा किन्न पैसा थिएन। मैले आफ्नो सुट आफैँ डिजाइन गरेकी थिएँ।’

 

२००६ मा फिल्म ‘ग्याङ स्टार’बाट बलिउडमा डेब्यु गरेकी कंगनाले अहिलेसम्म तीन पटक नेशनल अवार्ड हात पारिसकेकी छन्। उनले फिल्म ‘फेशन’ (२००८)मा शोनाली बोसको भुमिकामा बेस्ट सर्पोटिङ एक्ट्रेस, ‘क्विन’ (२०१४)मा रानी मेहराको भुमिकामा बेस्ट एक्ट्रेस र ‘तनु वेड्स मनु रिटर्न्स’ (२०१५)मा दत्तोको भुमिकामा बेस्ट एक्ट्रेस उपाधि हात पारिसकेकी छन्। उनलाई २०२० मा भारत सरकारले देशको चौँथो सबैभन्दा ठूलो पद्माश्रीबाट सम्मान गरेको थियो।

कंगना अहिले तमिलनाडुकी पूर्व मुख्यमन्त्री जयललिताको बायोपिक फिल्म ‘थलाइवी’मा देखिने छिन्। यसका साथै धाकड तेजस अपराजित ‘मणिकर्णिका रिटर्न्स : द लेजेंड अफ दिद्दा’ मा समेत काम गर्नेछिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell