PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

विराटनगरमाथि एपीएफको फराकिलो जित, साबित्राको चार गोल



पहिलोपोस्ट

विराटनगरमाथि एपीएफको फराकिलो जित, साबित्राको चार गोल

काठमाडौं: महिला फुटबल लिग अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा विभागीय टोली एपीएफले विराटनगर महानगरपालिकामाथि फराकिलो जित निकालेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा एपीएफले ७-० गोलअन्तरको फराकिलो जित निकालेको हो।

एपीएफको जितमा सावित्रा भण्डारी एक्लैले चार गोल गर्दा अनिता केसी र सरु लिम्बुले थप गोल गरे।

खेलको छैटौं मिनेटमै केसीको गोलमा एपीएफले अग्रता बनाएको थियो। त्यस्तै सावित्रा भण्डारीले २५, ४२, ७४ र ८९ मिनेटमा गोल गरिन। प्रतियोगितामा भण्डारीले लगातार दोस्रो खेलमा ह्याट्रिक गरेकी हुन्।

त्यस्तै सरु लिम्बुले ७२ औं मिनेटमा गोल गर्दा सरु केसीले ८० औं मिनेटमा आफ्नो दोस्रो गोल गरिन्।

खेलबारे प्रतिक्रिया दिँदै एपीएफका प्रशिक्षक जनक सिंह थारुले आजको खेलमा अझै गोल गर्ने अवस्था खेलमा रहेको बताए। यद्यपि आफ्नो मुख्य प्रतिद्वन्दी अन्य विभागीय टोली नै रहेकाले आफ्नो ध्यान त्यता केन्द्रीत भएको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell