काठमाडौँः न्याय परिषदले उच्च अदालतका तीन जना मुख्य न्यायाधीश नियुक्त गरेको छ। आइतबार बसेको परिषद् बैठकले निुयुक्त गरेको हो।
सर्वोच्चका मुख्य रजिस्टार नृपध्वज निरौलालाई उच्च अदालत दिपायलको मुख्य न्यायाधीशमा पदस्थापन गरिएको छ। यस्तै, उच्च अदालत जनकपुरमा कार्यरत न्यायाधीश प्रकाशचन्द्र गजुरेललाई जनकपुरकै मुख्य न्यायाधीशमा पदस्थापन गरिएको छ।
न्यायाधीश नीता गौतम दीक्षितलाई उच्च अदालत तुल्सीपुरको मुख्य न्यायाधीशमा पदस्थापन गरिएको छ। दीक्षित तुल्सीपुरमै कार्यरत थिइन्।
बैठकले राष्ट्रिय न्यायिक प्रतिष्ठानको कार्यकारी निर्देशकका सर्वोच्चका पूर्व न्यायाधीश वैद्यनाथ उपाध्यायलाई सिफारिस गरेको छ। यसअधिका कार्यकारी निर्देशक तपबहादुर मगर राष्ट्रिय मानव अधिकार आयोगको प्रमुख आयुक्तमा सिफारिस भएसँगै पद रिक्त थियो।
