PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

भ्यालेन्सियामाथि एट्लेटिको मड्रिडको सानदार जित



पहिलोपोस्ट

भ्यालेन्सियामाथि एट्लेटिको मड्रिडको सानदार जित

स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा एट्लेटिको मड्रिडले भ्यालेन्सियामाथि जित निकालेको छ। स्टेडियो वान्डा मेट्रो पोलिटानोमा सम्पन्न खेलमा एट्लेटिको मड्रिडले ३-१ गोलअन्तरको जित निकालेको हो।

खेलमा अग्रता भने भ्यालेन्सियाले बनाएको थियो। खेलको ११ औं मिनेटमा उरोस रसिचको गोलमा भ्यालिन्सियाले अग्रता बनाएको थियो। तर खेलको २३ औं मिनेटमा जोआओ फिलिक्सले खेल बराबरीमा ल्याए। र, पहिलो हाफ १-१ को बराबरीमा रोकियो।

दोस्रो हाफमा लुइस स्वारेजले घरेलु टोलीलाई अग्रता दिलाए। उनले खेलको ५४ औं मिनेटमा गोल गरे। त्यस्तै ७२ औं मिनेटमा एन्जेल कोरेराले गोल गर्दा एट्लेटिकोले ३-१ को सानदार जित निकालेको हो।

जितसँगै एट्लेटिकोले शीर्षस्थानमा ७ अंकको अग्रता बनाएका छ। १८ खेल खेलको एट्लेटिको ४७ अंकसहित शीर्षस्थानमा छ भने १९ खेल खेलेको रियल मड्रिड ४० अंकसहित दोस्रो स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell