PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

हरिशंकर साहको अर्धशतकमा प्रदेश २ ले पुलिसलाई दियो १ सय ७० रनको लक्ष्य



पहिलोपोस्ट

हरिशंकर साहको अर्धशतकमा प्रदेश २ ले पुलिसलाई दियो १ सय ७० रनको लक्ष्य

काठमाडौं: प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट अन्तर्गत आज मुलपानीमा जारी खेलमा प्रदेश २ ले नेपाल पुलिस क्लबलाई १७० रनको लक्ष्य प्रस्तुत गरेको छ। मुलपानी क्रिकेट मैदानमा केही ढिला गरी सुरु भएको खेलमा टस हारेर ब्याटिङमा उत्रिएको प्रदेश २ ले निर्धाररित ४७ ओभरमा ९ विकेट गुमाउँदै १६९ रन बनाएको हो।

प्रदेश २ को स्कोर उकास्न हरिशंकर साहले सर्वाधिक ५३ रन बनाउँदा हिमांशु दत्तले १६ रन जोडे। त्यस्तै आदिल अन्सारीले १६ रन, सुरज कुर्मीले १३ रन जोड्दा रबि सिंह र विशाल सुस्लिङले समान १२/१२ रन जोडे।

पुलिसका लागि ललीत राजवंशीले सर्वाधिक ४ विकेट लिँदा सागर ढकालले २ र पवन सर्राफले १ विकेट लिए।

पुलिस केहीबेरमा जवाफी ब्याटिङमा उत्रँदै छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell