PahiloPost

Apr 23, 2026 | १० बैशाख २०८३

आर्मीलाई एपीएफको २ सय ४१ रनको लक्ष्य



पहिलोपोस्ट

आर्मीलाई एपीएफको २ सय ४१ रनको लक्ष्य

काठमाडौं: प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट अन्तर्गत आज कीर्तिपुरमा जारी खेलमा शसस्त्र प्रहरीको एपीएफले त्रिभुवन आर्मी क्लबलाई २४१ रनको लक्ष्य दिएको छ। टस हरेर ब्याटिङमा उत्रिएको एपीएफले ४९.४ ओभरमा अलआउट हुँदै २४० रन बनाएको हो।

एपीएफका लागि सुमित महर्जनले ४६ रन बनाउँदा सुवास खकुरेलले ३८ रन जोडे। त्यस्तै सुन्दीप जोराले २८ रन बनाउँदा अमर रौटेलाले २६, कप्तान शरद भेषवाकरले २४ र बसन्त रेग्मीले २० रनको योगदान दिए।

बलिङतर्फ आर्मीका हरि चौहान एक्लैले ५ विकेट लिँदा शहाब आलमले २ विकेट लिए। त्यस्तै आकाश चन्द, विक्रम सोब र सुशन भारीले समान १/१ विकेट लिए।

आर्मी केहीबेरमा जवाफी ब्याटिङमा उत्रँदै छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell