PahiloPost

Apr 23, 2026 | १० बैशाख २०८३

ग्याङ स्टारको खतरनाक लुकमा देखिए अक्षय, ‘बच्चन पांडे’ बन्न लाग्यो ४० मिनेट



पहिलोपोस्ट

ग्याङ स्टारको खतरनाक लुकमा देखिए अक्षय, ‘बच्चन पांडे’ बन्न लाग्यो ४० मिनेट
Photo: India Times

फिल्म ‘बच्चन पांडे’को पोस्टरमा अक्षय कुमार निकै खतरनाक लुकमा देखिएका थिए। पोस्टरमा उनको एउटा आँखा निलो देखिएको छ। उनले यो लुकका लागि प्रोस्थेटिक मेकअफको सहारा लिएका थिए। उनको मेकअप बलिउडकी चर्चित मेकअप डिजाइनर प्रितिशील सिंहले गरेकी थिइन्।

अभिनेता अक्षयलाई यो लुक दिन ४० मिनेट लागेको उनले भास्कर न्युजसँग बताइन्। भन्छिन्, ‘स्क्रिप्ट अनसार अक्षयलाई ग्याङ स्टार लुक तयार गनुपर्ने थियो। उनको त्यो लुकको लागि प्रोस्थेटिकको मेकअफ गनुपर्‍यो ताकी उनको पात्रमा रफनेस देखियोस्। मुहारमा घाउ देखाउनको लागि प्रोस्थेटिकको प्रयोग भयो। साथै उनको आँखाको लागि स्पेशल लेन्स बनाउनु परेको थियो। यसरी उनी ४० मिनेटमा अक्षयबाट ‘बच्चन पांडे’ बन्छन्।’

अक्षयलाई छिटो तयार हुन मन पर्ने र मेकअफ रुममा धेरै समय बिताउन मन नपर्ने कुरा प्रितिशिलले बताइन्। तर, उनको यो लुक आफैमा एक च्यालेन्जिङ छ। अक्षय सधै नयाँ लुकको एक्सपेरिमेन्ट गर्ने इच्छा राख्न मन पराउने कुरा समेत उनले बताइन्।

यो भन्दा अघि फिल्म ‘हाउसफुल ४’मा अक्षय कुमारको बालाको लुकको डिजाइन पनि प्रितिशीलले गरेकी थिइन्। उनले केहि अघि एक विज्ञापनका लागि अक्षय कुमारको तीन अवतारको समेत डिजाइन गरेकी थिइन्।

इन्टरनेशनल मिडियामा दुनियाँकी टप ५ बेस्ट मेकअफ प्रोस्थेटिकको सुचीमा प्रितिशील सिंह परेकी थिइन्। विश्व प्रसिद्ध मेकअफ र प्रोस्थेटिक डिजाइनर्सको सूचिमा उनी एक्ली महिला हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell