PahiloPost

Mar 21, 2026 | ७ चैत्र २०८२

प्रधानमन्त्रीले अदालतलाई प्रभाव पार्न खोजेको भन्दै शान्ति समाजको बालुवाटारमा प्रदर्शन, कृष्ण पहाडीसहितका अभियन्ता पक्राउ

प्रधानमन्त्रीले अदालतलाई प्रभाव पार्न खोजेको भन्दै शान्ति समाजको बालुवाटारमा प्रदर्शन, कृष्ण पहाडीसहितका अभियन्ता पक्राउ

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : मानव अधिकार तथा शान्ति समाजले प्रधानमन्त्री निवास बालुवाटार अगाडि विरोध प्रदर्शन गरेको छ। प्रधानमन्त्री ओलीले अदालतलाई प्रभाव पार्न खोजेको भन्दै समाजले बालुवाटारमा प्रदर्शन गरेको हो।

समाजले असंवैधानिक तवरले गरिएको प्रतिनिधिसभा विघटन, राज्य संयन्त्रको दुरुपयोग, प्रधानमन्त्री/मन्त्रीहरुको आपत्तिजनक अभिव्यक्ति र कीर्तेतन्त्र विरुद्ध विरोध प्रदर्शन गरिएको जनाएको छ।

प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको थियो। प्रहरीले कृष्ण पहाडीसहित केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell