PahiloPost

Aug 17, 2026 | १ भदौ २०८३

सत्तारुढ दलको शक्ति प्रदर्शनमा १० हजार मोटरसाइकलको र्‍याली



पहिलोपोस्ट

सत्तारुढ दलको शक्ति प्रदर्शनमा १० हजार मोटरसाइकलको र्‍याली

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीको केपी ओली समूहले माघ २३ गते रत्नपार्कमा जनसभा गर्ने भएको छ। ओली समूहको वाग्मती प्रदेश कमिटीले पत्रकार सम्मेलन गर्दै सो जानकारी दिएको हो।

ताजा जनादेशका लागि संदेश दिन जनसभाको आयोजना गर्न लागिएको भन्दै कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा जनसभा परिचालन कमिटी गठन गरिएको छ। त्यस्तै, कमिटीले प्रचण्ड-माधव नेपाल समूहले अराजनीतिक क्रियाकलाप गरेको ठहर गरेको छ। 

त्यस्तै, प्रदेश कमिटीले २१ गते १० हजार मोटरसाइकल र्‍याली निकाल्ने निर्णय गरेको छ। र्‍याली तथा जनसभा गर्दा फोहोर फाल्न नपाइने बताइएको छ। फोहोर स्वयंसेवकले सफा गर्ने समेत बताइएको छ।

यो जनसभा प्रचण्ड-नेपालको काउन्टरमा नभएको समेत कमिटीले स्पष्ट पारेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell