PahiloPost

Apr 23, 2026 | १० बैशाख २०८३

वीरगंजमा डाक्टरहरुका लागि सञ्चालनमा आयो निःशुल्क ई-लाइब्रेरी



पहिलोपोस्ट

वीरगंजमा डाक्टरहरुका लागि सञ्चालनमा आयो निःशुल्क ई-लाइब्रेरी

वीरगंज : नेपाल चिकित्सक संघ नारायणी शाखा वीरगंजले वीरगंजमा विद्युतीय पुस्तकालय (ई-लाइब्रेरी) सञ्चालनमा ल्याएको छ। चिकित्सकहरुको लागि अधिराज्यमै पहिलोपटक नारायणी शाखाले वीरगंजमा ई-लाइब्रेरीको स्थापना गरी आइतवारदेखि सञ्चालनमा ल्याएको हो। संघको कार्यालयको माथिल्लो तल्लामा २ लाखको खर्चमा सुविधा सम्पन्न ई-लाइब्रेरी सञ्चालनमा ल्याइएको संघका सचिव डा उदयनारायण सिंहले जानकारी दिए।

ई-लाईब्रेरीको उद्घाटन भारतीय महावाणिज्य दूतावास वीरगंजका महावाणिज्य दूत नितेश कुमारले गरेका थिए। उनले अगामी दिनमा थप सुविधा सम्पन्न बनाउन आफूले सहयोग गर्ने आश्वासन समेत दिए।

कार्यक्रमा डा उदयनारायण सिंहले ‘पीजी र एमडी लगायतका तयारीको क्रममा चिकित्सकहरुलाई समय र पैसा बचाउन नेपालमै पहिलो पटक वीरगंजमा आधुनिक ई-लाइब्रेरी सञ्चालमा ल्याइएको बताए। पीजी र एमडी तयारी गर्ने २० जना डाक्टरहरुले यसको लाभ लिन सक्ने उनले बताए। अगामी दिनमा पीजी र एमडीसँगै तयारी कोर्सको लागि आवश्यक सम्पूर्ण कुराको व्यवस्थापन गर्दै थप प्रभावकारी र सुविधायुक्त बनाउने उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell