PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

प्रदेश २ माथि पुलिसको जित, समूह 'बी' बाट विजेता वाग्मती र उपविजेता पुलिस सेमिफाइनलमा



पहिलोपोस्ट

प्रदेश २ माथि पुलिसको जित, समूह 'बी' बाट विजेता वाग्मती र उपविजेता पुलिस सेमिफाइनलमा
फाइल फोटो

काठमाडौं: प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट अन्तर्गत आज मुलपानीमा सम्पन्न खेलमा प्रदेश २ लाई हराउँदै नेपाल पुलिस क्लबले सेमिफाइनलको यात्रा तय गरेको छ। मुलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा पुलिसले ४ विकेटले प्रदेश २ लाई हराउँदै सेमिफाइनलको यात्रा तय गरेको हो।

केही ढिला गरी सुरु भएको खेलमा टस हारेर ब्याटिङमा उत्रिएको प्रदेश २ ले निर्धाररित ४७ ओभरमा ९ विकेट गुमाउँदै १६९ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको पुलिसले ३८ औं ओभर सकिँदा लक्ष्य पुरा गर्‍यो।

प्रदेश २ को स्कोर उकास्न हरिशंकर साहले सर्वाधिक ५३ रन बनाउँदा हिमांशु दत्तले १६ रन जोडे। त्यस्तै आदिल अन्सारीले १६ रन, सुरज कुर्मीले १३ रन जोड्दा रबि सिंह र विशाल सुस्लिङले समान १२/१२ रन जोडे।

पुलिसका लागि ललीत राजवंशीले सर्वाधिक ४ विकेट लिँदा सागर ढकालले २ र पवन सर्राफले १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको पुलिसका लागि अनिल साहले सर्वाधिक ४७ रन बनाउँदा कुशल भुर्तेलले ४३ रन बनाए। त्यस्तै दीपेन्द्रसिंह ऐरी र अमित श्रेष्ठले समान १७ रन जोडे।

बलिङतर्फ कुमार थापाले तीन विकेट र विवेक यादवले २ विकेट लिए।

यो सँगै पुलिसले समूह बी को उपविजेता बन्दै सेमिफाइनलको यात्रा तय गरेको छ। यसअघि वागमती प्रदेशले समूह विजेता बन्दै सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell