PahiloPost

May 16, 2026 | २ जेठ २०८३

इजलासमा झोक्किए ‘बाजे वकिल’



पहिलोपोस्ट

इजलासमा झोक्किए ‘बाजे वकिल’

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई ‘बाजे वकिलको तमासा’ भनेर अदालतको अपमान गरेको भन्दै नेपालकै जेठो कानून व्यवसायी वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी इजलासमा झोक्किएका छन्। प्रतिनिधिसभाको जारी इजलासको अन्तिममा उनले आफ्नो आक्रोश व्यक्त गरेका हुन्।

इजलासमा अधिवक्ता शम्भु थापाले बोलेर सकेपछि उनी अदालतले उक्त विषय नोट गर्नुपर्ने भन्दै न्यायाधीशसँग झोक्किएका हुन्।

उनले भने, ‘यो अदालतको अपमान हो, इजलासले नोट गर्नुपर्छ।’

त्यस्तै, अधिवक्ता थापाले प्रधानमन्त्रीको पदले पनि उनलाई सो अभिव्यक्ति दिन नमिल्ने बताए।

नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठलगायतका अधिवक्ताहरुले पनि सो विषयलाई इजलासले नोट गर्नुपर्ने माग राखेका थिए।

अन्त्यमा प्रधानन्यायाधीशले ‘अहिले इजलास चलिरहेकाले त्यो विषय पछि हेरौँला, नोट गरौँला’ भन्ने जवाफ दिए।

प्रधानमन्त्री ओलीले वकिलले कुरा फिट्या फिट्यै छन्। एक जना बाजे वकिललाई लगेछन् तमासा गर्न भनेका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell