PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

प्रचण्ड र माधव नेपाललाई ओलीले दिए नयाँ ट्याग : कुलंगार र भष्मासुर



पहिलोपोस्ट

प्रचण्ड र माधव नेपाललाई ओलीले दिए नयाँ ट्याग : कुलंगार र भष्मासुर

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड नेपाल समूहका अध्यक्ष माधव नेपाललाई निर्वाचन आयोगले खतम गरिदिएको बताएका छन्।

दाङमा आयोजित आमसभामा ओलीले केही मानिस रेस्टुरेन्टमा बसेर अध्यक्ष हुँ भन्दै हिँडेको टिप्पणी गरे।

'तपाईँलाई केही अलमल हुनु हुँदैन। केही मानिस चौतारीमा बसेर म अध्यक्ष भएँ भन्दै हिँड्नु भएको छ। हिजो निर्वाचन आयोगले खतम पारदियो,' ओलीले भने।

प्रचण्ड-नेपाल समूहले आफूलाई पृथ्वीमै नभए हुन्थ्यो भन्ने सोचेको ओलीको आरोप थियो। भ्रमपूर्ण ढंगले पार्टी टुक्र्याउन खोजेको भए पनि पार्टी नफुटेको ओलीले बताए।

ओलीले प्रचण्ड-नेपाललाई कुलंगार र भष्मासुरको संज्ञा दिँदै उनीहरुले पार्टी छोड्दैमा केही नहुने बताए।

'उनीहरु पार्टीको बैठकमा नआएर निर्वाचन आयोगमा सूर्य चिन्ह दाबी गर्न गएछन्। निर्वाचनको तयारी गर्न पाइँदैन भन्दै गए। यस्ता पनि लोकतन्त्रवादी हुन्छन्?,' प्रचण्ड नेपाल लोकतन्त्र विरोधी भएको आरोप लगाउदै ओलीले प्रश्न गरे।

माधव नेपाल जस्तो दुईठाउँबाट हारेर पनि प्रधानमन्त्री हुने जस्केलाको बाटो आफू नहिँडेको ओलीको दाबी थियो।

'यो मेरो तरिका होइन। जनताका बिचमा जाने हो। जनतालाई साथमा लिएर देश बनउने हो,'ओलीले भने।

ओलीले आफूले सधै शासनमा नबस्ने बताए। उनले आफूले विकास निर्माण र स्थायीत्वको विषय अगाडि बढाउँदा खुट्टा तान्ने काम भएको आरोप लगाए।

उनले आफूलाई पछि पार्ने लागेकाहरुलाई जनताले कारवाही गर्ने भएकाले संसद विघटन गरेको तर्क गरे।

'अलिकति अगाडि बड्न खोज्यो तानिहाल्छन्। त्यस्ता तत्वलाई कारवाही गर्न संसद विघटन गरेको हुँ,' उनले भने।

ओलीले निर्वाचनको तयारी गर्न कार्यकर्तालाई निर्देशन दिएका छन्। उनले भनेकै दिनमा चुनाव हुने पनि बताए। नेपाल र प्रचण्ड लोकतन्त्रवादी नभएको उनले आरोप लगाए।

'अहिले उनीहरु आतिएको किन? निर्वाचनको तयारी नगर किन भनेको?,' उनले भने।

ओलीले प्रहरी प्रशासनको दुरुपयोग चुनावमा नगर्ने प्रतिवद्धता पनि जनाए। उनले दुरुपयोग गरेर चुनाव जित्नुपर्ने अवस्थामा आफू नभएको बताए। उनले चुनावपछि विकासको नयाँ लहर सुरु हुने दावी गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell