PahiloPost

Mar 21, 2026 | ७ चैत्र २०८२

टंगालमा आन्दोलनकारी र प्रहरीबिच झडप, लाठी चार्जबाट केही आन्दोलनकारी घाइते

टंगालमा आन्दोलनकारी र प्रहरीबिच झडप, लाठी चार्जबाट केही आन्दोलनकारी घाइते

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : टंगालमा आन्दोलनकारी र प्रहरीबिच झडप भएको छ। प्रतिनिधिसभा विघटनको विरोधमा टंगालमा आयोजना गरिएको सभापछि अब बालुवाटार जाने हो भन्दै प्रहरीसँग धक्कामुक्की गरेपछि झडप भएको हो।

आन्दोलनकारी बालुवाटारतर्फ अघि बढेका छन्। प्रहरीको लाठी चार्जबाट केही आन्दोलनकारी घाइते भएका छन्। हाल पनि प्रहरीमाथि ढु‌गामुढा चलिरहेको छ।

सो क्रममा पत्रकार नारायण वाग्लेले नारायण हिटीबाट राजा नागार्जुन जान हुने केपी ओली बालकोट जान नहुने भन्दै प्रश्न गरेका थिए।

उनले भने, ‘हातमा चप्पल बोकेर ल्याएको प्रजातन्त्र हो, ओली खाली खुट्टा बालुवाटारबाट बालकोट जान नहुने?’

त्यस्तै, मानव अधिकारवादी मोहन्ना अंसारीले प्रहरी आफूहरुको सुरक्षाको लागि नभई बालुवाटारको सुरक्षा गर्न यहाँ आएको बताइन्।

उनले भनिन्, ‘हामी हाम्रो बालुवाटार हेर्न आएका हौँ। हामीलाई कसैले रोक्न सक्दैन।’



ट्रेन्डिङ पोस्ट

Ncell