PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

कोभिड-१९ को संक्रमणबाट थप १० जना संक्रमितको मृत्यु, ३३९ जनामा संक्रमण पुष्टि



पहिलोपोस्ट

कोभिड-१९ को संक्रमणबाट थप १० जना संक्रमितको मृत्यु, ३३९ जनामा संक्रमण पुष्टि

काठमाडौं : नेपालमा थप १० जनाको कोभिड-१९ को संक्रमणबाट मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा १० जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो।

योसँगै नेपालमा मृत्यु हुने कोभिड-१९ संक्रमितको संख्या दूई हजार ११ पुगेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा थप ३३९ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा देशभरबाट ४ हजार ८५८ जनाको नमुना परीक्षणका क्रममा १३३ महिला र २०६ पुरुषमा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

योसँगै नेपालमा संक्रमितको संख्या दुई लाख ६९ हजार ७८९ पुगेको छ। हालसम्म संक्रमण पुष्टि भएका मध्ये ९८.१ प्रतिशत संक्रमित संक्रमणमुक्त भइसकेका छन्। पछिल्लो २४ घण्टामा ४०१ जना संक्रमण मुक्त भएका छन्। योसँगै संक्रमण मुक्त हुनेको संख्या दुई लाख ६४ हजार ५३८ पुगेको छ।

हाल नेपालमा तीन हजार २४० जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell