PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

आर्मीमाथि एपीएफको जित, दुबै टोली सेमिफाइनलमा



पहिलोपोस्ट

आर्मीमाथि एपीएफको जित, दुबै टोली सेमिफाइनलमा

काठमाडौं: प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट अन्तर्गत आज कीर्तिपुरमा सम्पन्न खेलमा शसस्त्र प्रहरीको एपीएफले त्रिभुवन आर्मी क्लबमाथि जित निकालेको छ। कीर्तपुरस्थित टियू क्रिकेट मैदानमा सम्पन्न खेलमा एपीएफले आर्मीमाथि ६ रनको जित निकालेको हो।

टस हरेर ब्याटिङमा उत्रिएको एपीएफले ४९.४ ओभरमा अलआउट हुँदै २४० रन बनाएको थियो।

एपीएफका लागि सुमित महर्जनले ४६ रन बनाउँदा सुवास खकुरेलले ३८ रन जोडे। त्यस्तै सुन्दीप जोराले २८ रन बनाउँदा अमर रौटेलाले २६, कप्तान शरद भेषवाकरले २४ र बसन्त रेग्मीले २० रनको योगदान दिए।

बलिङतर्फ आर्मीका हरि चौहान एक्लैले ५ विकेट लिँदा शहाब आलमले २ विकेट लिए। त्यस्तै आकाश चन्द, विक्रम सोब र सुशन भारीले समान १/१ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको आर्मीका लागि अनिल मण्डलले सर्वाधिक ४५ रन बनाउँदा राजेश पुलामीले ३३, रोहित पौडेलले ३० तथा विक्रम सोबले २८ तथा भीम सार्कीले २७ रन जोडे।

बलिङतर्फ एपीएफका कमल ऐरीले सर्वाधिक ३ विकेट लिँदा भुवन कार्कीले दुई विकेट लिए। त्यस्तै अभिनास बोहोराले १ विकेट लिए।

आजको खेल अघिनै दुबै टोली सेमिफाइनलमा प्रवेश गरिसकेका छन्। समूह ए बाट एपीएफ विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो भने आर्मी उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो।

यसअघि समूह बी बाट बागमती र नेपाल पुलिस क्लब सेमिफाइनलमा पुगिसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell