PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

प्रधानमन्त्री कपमा समर्थकको ठट्यौली हुटिङ : नाटकै हो, नौटंकी नै हो

प्रधानमन्त्री कपमा समर्थकको ठट्यौली हुटिङ : नाटकै हो, नौटंकी नै हो

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : आज कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा विभागीय टोलीहरु त्रिभुवन आर्मी क्लब र एपीएफ क्लब बीचको खेल थियो। दुवै टोलीले एक खेल अगावै सेमिफाइनलमा स्थान बनाइसकेका थिए। उपाधि दाबेदार यी टोली बीचको आजको खेल प्रतिस्पर्धात्मक रह्यो, जसमा एपीएफले आर्मीमाथि ६ रनको जित निकाल्दै सेमिफाइनलको यात्रा तय गर्‍यो।

यी टोलीबीचको खेल चलिरहँदा आज अरु दिनको तुलनामा समर्थकहरुको हुटिङ अलि बढी नै थियो।

वैधानिकताको विवादमा रहेका नेकपाका अध्यक्ष प्रचण्ड र केपी शर्मा ओलीको एकअर्कालाई आरोप प्रत्यारोप चलिरहेको छ। जसमा पछिल्लो समय उनीहरुको भनाइलाई जोडेर ‘नाटकै हो’ र ‘नौटंकी नै हो’ भन्ने भिडियो खास गरी टिकटकमा चलेको छ। त्यसको धङधङ क्रिकेट हेर्न आएका दर्शकहरुमा पनि देखियो। त्यस्तै, दर्शकहरु कतिबेला दोहोरी गाइरहेका थिए भने कतिबेला निर्मला पन्तको हत्यारालाई कारबाही गर भन्दै चिच्याइ रहेकका थिए।

खैर खेलमा एपीएफले जित निकाल्यो। र, समूह ए विजेता बन्दै सेमिफाइनलमा पुग्यो। आर्मी पनि उपविजेता बन्दै सेमिफाइनलमा पुग्यो। त्यस्तै, आजै मुलपानी क्रिकेट मैदानमा भएको खेलमा जित निकाल्दै समूह बी बाट नेपाल पुलिस क्लब उपविजेता बन्दै सेमिफाइनलमा पुग्यो। वाग्मती हिजोको खेलबाट सेमिफाइनलमा पुगिसकेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell