PahiloPost

Apr 23, 2026 | १० बैशाख २०८३

प्रदेश २ का आठै जिल्लामा एक साथ कोरोनाविरुद्धको खोप अभियान शुरु हुने



पहिलोपोस्ट

प्रदेश २ का आठै जिल्लामा एक साथ कोरोनाविरुद्धको खोप अभियान शुरु हुने
फोटो : मुख्यमन्त्रीको कार्यालय।

जनकपुरधाम : प्रदेश २ सरकारले कोरोनाविरुद्धको खोप अभियान प्रदेशका आठै जिल्लाबाट एक साथ शुरु गर्ने निर्णय गरेको छ। मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा सम्पन्न प्रादेशिक कोरोना संकट व्यवस्थापन समितिको बैठकले माघ १४ गते प्रदेशको आठवटै जिल्लाको सदरमुकामस्थित अस्पतालबाट कोरोनाविरुद्धको खोप अभियान शुरु गर्ने निर्णय गरेको हो।

खोप अभियानको शुभारम्भ मुख्यमन्त्री लालबाबु राउतले वीरगंजस्थित नारायणी अस्पताल, आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले प्रादेशिक अस्पताल जनकपुरधाम र सामाजिक विकास मन्त्री नवलकिशोर साहले गजेन्द्र नारायण सिंह अस्पताल राजविराजबाट गर्ने स्वास्थ्य निर्देशक विजय झाले जानकारी दिए। प्रदेश नम्बर २ मा खोप अभियान सञ्चालनका लागि ३४ हजार भाइल प्राप्त भएको र सो भाइलहरु माघ १३ गते सम्म सबै जिल्लास्थित स्टोरमा पुर्‍याइने निर्देशक झाले जानकारी दिए।

पहिलो चरणमा कोरोना महामारीविरुद्ध अग्र मोर्चामा खटिरहेका स्वास्थ्यकर्मी, चिकित्सक, सुरक्षाकर्मी र सफाइकर्मीलाई खोप दिने योजना रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell