वीरगंज : पर्सा प्रहरीले अवैध रुपमा भारतबाट भन्सार छलेर भित्र्याइएका करिब २ लाख मूल्य बराबरको खाद्यान्न बरामद गरेको छ।
वीरगंज-६ गहवास्थित कृष्ण चौरसियाले सञ्चालन गरेको कृष्ण जनरल स्टोर्स र निखिल चौरसियाले सञ्चालन गरेको निखिल जनरल स्टोर्सबाट ६७ कार्टन खाद्यसामग्री बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले जानकारी दिए।
बरामद सामानलाई आवश्यक कारबाहीको लागि वीरगंज पठाइएको उनले बताए। वीरगंज बजार भित्रका दर्जनौँ पसल तथा फर्महरुले पोके तस्करमार्फत भारतबाट किराना तथा खाद्यान्न सामान भन्सार छली गरी मगाउने र महँगो दाममा बिक्री गर्ने गरेको सूचनाका आधारमा छापा हानी समान बरामद गरेको पर्सा प्रहरीले जनाएको छ।
