PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

माउन्ट केटुको कीर्तिमानी आरोहण गर्ने नेपाली टोलीलाई राहुल गान्धीको बधाई



पहिलोपोस्ट

माउन्ट केटुको कीर्तिमानी आरोहण गर्ने नेपाली टोलीलाई राहुल गान्धीको बधाई

काठमाडौं : भारतीय राष्ट्रिय कांग्रेस पार्टीका नेता राहुल गान्धीले पाकिस्तान र चीनको सीमामा रहेको केटु हिमालको सफल आरोहण गर्ने नेपाली टोलीलाई बधाई दिएका छन्।

मिङ्मा शेर्पा, किली पेम्बा शर्पा, दावा तेन्जिङ शेर्पा लगायतको १० जना नेपाली पर्वतारोहीको टोलीले हिउँद याममा माघ ३ गते शनिवार साँझ करिब ५:४५ बजे केटु शिखर चुम्दै कीर्तिमान बनाएको हो।

सगरमाथापछिको विश्वकै दोस्रो अग्लो हिमाल केटुको आरोहण हिउँदमा यसअघि कहिलै भएको थिएन। आठ हजारभन्दा अग्ला हिमालमध्ये केटु मात्रै यस्तो हिमाल थियो जुन हिउँदमा चढ्न सकिएको थिएन। पाकिस्तानमा रहेको ८ हजार ६११ मिटर अग्लो केटु हिमाल आरोहण गर्नुलाई निकै कठिन मानिन्छ।

माउन्ट केटु लाई आरोहणका लागि संसारकै खतरनाक हिमाल मानिन्छ।

नेपाली राष्ट्रिय गान ‘सयौ थुंगा फूलका हामी एउटै माला नेपाली’ गुञ्जिएको पर्वतारोही टोलीको भिडियो शेयर गर्दै राहुलले लेखेका छन्, ‘बधाई टिम र नेपाललाई उपलब्धिका लागि। गज्जब मनोवृत्ति।’

 

नेपाली पर्वतारोही टोलीलाई पाकिस्तानमा पनि भव्य स्वागत गरिएको थियो। सेना प्रमुख र राष्ट्रपतिले भेटेर बधाई तथा धन्यवाद दिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell