PahiloPost

May 12, 2024 | ३० बैशाख २०८१

'माउन्ट केटु'मा कीर्तिमान रचेका आरोहण टोलीलाई विमानस्थलमा स्वागत



प्रवीण रानाभाट

'माउन्ट केटु'मा कीर्तिमान रचेका आरोहण टोलीलाई विमानस्थलमा स्वागत

काठमाडौं : विश्वकै दोस्रो अग्लो शिखर माउन्ट केटु हिमालमा इतिहास रचेका नेपाली टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ। पाकिस्तानमा रहेको हिमाल चढेर नेपाली टोली आज बिहान काठमाडौं ओर्लिएको हो।

मिङ्मा शेर्पा, किली पेम्बा शर्पा, दावा तेन्जिङ शेर्पा लगायतको १० जना नेपाली पर्वतारोहीको टोलीले हिउँद याममा माघ ३ गते शनिवार साँझ करिब ५:४५ बजे केटु शिखर चुम्दै कीर्तिमान बनाएको हो। अरोहण दलका सदस्यहरुलाई टोलीलाई ब्यान्डबाजासहित स्वागत गरिएको छ। स्वागतपछि उनीहरु पर्यटन बोर्ड पुग्नेछन्। दिउँसो यो टोलीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले भेट्ने कार्यक्रम रहेको छ।

सगरमाथापछि विश्वकै अग्लो हिमाल केटुको आरोहण हिउँदमा यसअघि कहिलै भएको थिएन। आठ हजारभन्दा अग्ला हिमाल मध्ये केटु मात्रै यस्तो हिमाल थियो जुन हिउँदमा चढ्न सकिएको थिएन। पाकिस्तानमा रहेको ८ हजार ६११ मिटर अग्लो केटु हिमाल आरोहण गर्नुलाई निकै कठिन मानिन्छ।

माउन्ट केटु लाई आरोहणका लागि संसारकै खतरनाक हिमाल मानिन्छ। सन् १९५३ मा केटु शिखर आरोहण टोलीमा रहेका अमेरिकी पर्वतारोही जर्ज बेलले भनेका थिए,‘ यो साभेज माउन्टेन हो जसले तपाईलाई मार्न खोज्छ।’ त्यसयता यो हिमाललाई ‘साभेज माउन्टेन’को नामले समेत चिनिन्छ।

सन् १९५४ मा यो हिमालमा इटालियन टोलीले सफलतापूर्वक आरोहण गरेको थियो।

सोमवार भारतीय राष्ट्रिय कांग्रेस पार्टीका नेता राहुल गान्धीले पाकिस्तान र चीनको सीमामा रहेको केटु हिमालको सफल आरोहण गर्ने नेपाली टोलीलाई बधाई दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell