PahiloPost

Aug 17, 2026 | १ भदौ २०८३

महिला राष्ट्रिय लिगमा आज दुई खेल: एपीएफलाई आर्मीको चुनौती



पहिलोपोस्ट

महिला राष्ट्रिय लिगमा आज दुई खेल: एपीएफलाई आर्मीको चुनौती

काठमाडौं: राष्ट्रिय महिला लिगमा आज दुई खेल हुँदैछ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा नेपाल पुलिस क्लबले स्याङजाको वालिङ नगरपालिकासँग प्रतिस्पर्धा गर्नेछ। खेलमा पुलिस दोस्रो जितको खोजीमा साढे ११ बजे मैदानमा उत्रने छ।

त्यस्तै आजै हुने दोस्रो खेलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र शसस्त्र प्रहरीको एपीएफ भिड्नेछन्। दुबै टोली उपाधि दाबेदार मानिएका बलिया टोली हुन्।

खेल दिउँसो साढे २ बजे एन्फा कम्प्लेक्सकै मैदानमा सुरु हुनेछ।

प्रतियोगितामा सहभागी टिमहरुमा विराटनगर महानगरपालिका, चन्द्रपुर नगरपालिका रौतहट, वालिङ नगरपालिका स्याङजा, चौदण्डगढी नगरपालिका उदयपुर, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell