PahiloPost

Apr 23, 2026 | १० बैशाख २०८३

चितवनमा स्कुल बसले मोटरसाइललाई ठक्कर दिँदा दुई जनाको मृत्युः बसका चालक फरार



पहिलोपोस्ट

चितवनमा स्कुल बसले मोटरसाइललाई ठक्कर दिँदा दुई जनाको मृत्युः बसका चालक फरार

काठमाडौंः चितवनमा स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।

बा ९२ प ५२०४ नम्बरको मोटरसाइकलमा सवार सोलुखुम्बु टापटिङ  ५ बस्ने २४ वर्षीय अनिल मगर र सुनसरी धरान ९ बस्ने २४ वर्षीय गौरब राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनमा डिएसी सुर्यबहादुर थापाले जानकारी दिए।

आज बिहान करिव साढे ९ बजेतिर  चितवन रत्ननगर नगरपालिका १० हरिहर मन्दिर अगाडी पुर्ब पश्चिम राजमार्गमा पुर्बबाट पश्चिम तर्फ गईरहेको बा २ ख ५६७४ नम्बरको को सनराइज बोडिङ स्कुल भरतपुर को बसले मोटरसाइकललाई ठक्कर दिएको थियो।

बस चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell