PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

भारतीय रक्षामन्त्री राजनाथ सिंहले गरे 'फौजी कलिङ'को ट्रेलर रिलिज



पहिलोपोस्ट

भारतीय रक्षामन्त्री राजनाथ सिंहले गरे 'फौजी कलिङ'को ट्रेलर रिलिज

सोमबार फिल्म 'फौजी कलिङ'को ट्रेलर रिलिज भएको छ। एक फोन कलले कसरी एक सैनिकको घरको माहोल र परिवारको जिन्दगी बदलदिन्छ भन्ने कथावस्तु फिल्मले समेटेको छ। भारतका रक्षामन्त्री राजनाथ सिंहले फिल्मको ट्रेलर रिलिज गरेका हुन्।

फिल्मबारे विक्रम सिंहले भने ‘हामी सधैँ सैनिकको बलिदानको लागि सधैँ ऋणी छौँ। 'फौजी कलिङ' तिनै परिवारमा सर्मपित छ जसको बलिदानको तुलना कसैसँग गर्न सकिँदैन। यो फिल्मको ट्रेलर रिपब्लिक डे भन्दा एक दिन पहिले रिलिज गरिएको छ। आशा छ यो फिल्म हरेक भारतिय सामु पुग्छ।’

सैनिक शहिद भए पछि उसको परिवार र बच्चाले भोग्नुपर्ने पिडालाई पनि देखाइएको छ। फिल्ममा मुख्य भूमिकामा शरमन जोशीलाई देख्न सकिन्छ। अन्य कलाकार बिदिता बाग, माही सोनी, मुग्धागोडसे, जरीनावहाब, विक्रम सिंह र शिशिर शर्माको समेत रहेका छन्।

आर्यन सक्सेनाको कथा र निर्देशनमा बनेको फिल्म 'फौजी कलिङ' फेब्रुअरी २५ मा रिलिज हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell