काठमाडौं : नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नागरिकमाथि प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार निर्लज्ज रुपमा उत्रिएको आरोप लगाएका छन्। काँग्रेस केन्द्रीय समिति बैठक सुरु हुनुअघि ट्विट गर्दै पौडेलले प्रतिगामी शासक र तानाशाह अन्तिम समयमा बरबराउने उल्लेख गरेका छन्।
'प्रधानमन्त्री केपी ओलीका अभिव्यक्ती र सरकारले नागरिकमाथि गर्ने व्यवहार हेर्दा सरकार निर्लज्ज रुपमा प्रस्तुत भएको छ,' पौडेलले लेखेका छन्, 'हरेक प्रतिगामी शासक र तानाशाह आफ्नो अन्तिम समयमा यसैगरि बरबराउने गर्दछन्, जसरी अहिले प्रधानमन्त्री केपी ओली आफ्नो विरोधीलाई अपमानित गर्न तम्सनुभएको छ।'
त्यतिमात्र होइन, सबै प्रतिगामी शासक र तानाशाह नागरिकमाथि आफ्नो अन्तिम घडीमा दमनमा उत्रने पनि उनले जनाएका छन्। हिजो प्रबुद्ध नागरिकमाथि भएको प्रहारलाई लिएर उनले यस्तो प्रतिक्रिया जनाएका हुन्। 'तर दमनले नागरिकलाई थप उर्जा प्रदान गर्दछ, अझै प्रतिगमनसँग डटेर लड्नका लागि प्रतिगमन विरुद्धका सबै आन्दोलनमा मेरो साथ र सर्मथन रहनेछ,' पौडेलले लेखेका छन्।
#1
— Ram Chandra Paudel (@NcPaudel) January 26, 2021
प्रधानमन्त्री केपी ओलीका अभिव्यक्ती र सरकारले नागरिकमाथि गर्ने व्यवहार हेर्दा सरकार निर्लज्ज रुपमा प्रस्तुत भएको छ । हरेक प्रतिगामी शासक र तानाशाह आफ्नो अन्तिम समयमा यसैगरि बरबराउने गर्दछन्, जसरी अहिले प्रधानमन्त्री केपी ओली आफ्नो विरोधीलाई अपमानित गर्न तम्सनुभएको छ ।
