PahiloPost

Jun 15, 2026 | १ असार २०८३

चुनावी माहोललाई समर्थन गर्न अर्थमन्त्रीको कर्मचारीलाई आग्रह



पहिलोपोस्ट

चुनावी माहोललाई समर्थन गर्न अर्थमन्त्रीको कर्मचारीलाई आग्रह

काठमाडौं : अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कर्मचारीहरुलाई चुनावको तयारीमा जुट्न  आग्रह गरेका छन्। उनले निजी क्षेत्र र कर्मचारीलाई चुनावका लागि अगाडि बढ्न भनेका हुन्। 

आवधिक चुनाव लोकतन्त्रको सुन्दर अभ्यास भएको भन्दै मन्त्री पौडेलले तयारीमा लाग्न आग्रह गरे। 

'मुलुक अहिले चुनावको माहोलमा अघि बढेको छ। केही मानिसहरुले निर्वाचन नहुने हो कि भन्ने शंका गरिरहेका छन्,' ६९ औं भन्सार दिवसमा  मन्त्री पौडेलले भने, 'लोकतन्त्रको प्राण चुनाव भएकोले सरकारको चुनावी माहोललाई समर्थन गर्न कर्मचारी तथा निजी क्षेत्रका साथीहरुलाई आग्रह गर्न चाहन्छु।'  

मन्त्री पौडेलले कोरोना खोप सुरु भइसकेपछि त्यसलाई निरन्तरता दिइरहने समेत बताए। खोपले देशको आर्थिक गतिविधि अघि बढाउन सहयोग पुर्‍याउने उनको भनाई थियो। 

भन्सारको कामकाजमा सहजीकरण गर्न मन्त्रालय तत्पर रहेको पौडेलले बताए। व्यावसायीहरुको जायज मागलाई सम्बोधन गर्ने र व्यावसायीहरुले पनि न्यूनबिजकीरणको समस्या अन्त्य गर्नुपर्ने उनले बताए।  

कार्यक्रममा उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले विभागको आधुनिकीकरणले व्यावसायीलाई सहज हुने बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell