![संवैधानिक इजलासमा न्यायाधीश थप्नुपर्ने शम्भु थापाले भनेपछि प्रधान न्यायाधीशको प्रतिप्रश्न : ९/११ जना थपेर के पालमा राख्ने?](https://pahilopost.com/assets/upload/contentthumb/142894113_256375672598924_112493705108149179_n.jpg)
काठमाडौं : वरिष्ठ अधिवक्ता शम्भु थापाले संवैधानिक इजलासमा न्यायाधीशहरु थप्नुपर्ने सुझाव दिएका छन्।
एमिकस क्युरीबाट बद्रीबहादुर कार्कीले पूर्ण बृहत् कि संवैधानिक इजलास भन्ने विषयको बहसमा मध्यमार्गी प्रस्तावका रूपमा संवैधानिक इजलासमा नै न्यायाधीश थपेर अघि बढ्न सक्ने सुझाव दिएका थिए। यद्यपि ५ जनाकै संवैधानिक इजलासमा विघटन मुद्दा अघि बढिरहेको छ।
मंगलबार बहसका क्रममा वरिष्ठ अधिवक्ता थापाले कार्कीको सुझावलाई स्मरण गर्दै न्यायाधीश थप्नुपर्ने माग गरे।
जवाफमा न्यायाधीश विश्वम्बर श्रेष्ठले इजलासलाई त्यसको महसुस भएको बताए। उनको माग कार्यान्वयन गर्नुपर्ने उनको जवाफ थियो।
तर प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराले भौतिक समस्या रहेको बताएका छन्। 'समस्या छ। ९/११ जना न्यायाधीश थपेर पालमा राख्ने?,' राणाको प्रतिप्रश्न थियो।
अनिल सिन्हाले यसै विषयलाई लिएर संविधान संशोधन गर्नुपर्ने सुझाएका थिए। थापाले न्यायाधीश थप्नुपर्ने कुरा आफ्नो मनमा लागेको भन्दै सुझाव दिएका थिए।